sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

प्रभु क्यापिटलका २ वटा म्युचुअल फन्डको न्याभ र नाफा बढ्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालित २ वटा म्युचुअल फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) अघिल्लो महिनाको तुलनामा बढेको छ । यस्तै, यी फन्डहरुको नाफा पनि चैतको भन्दा बढेको छ ।

जसमा प्रभु सेलेक्ट फन्डको प्रतिइकाई खुद सम्पति मूल्य ९न्याभ० ९ पैसाले बढेर वैशाख महिनामा १२ रुपैयाँ ३६ पैसा कायम भएको छ । चैत महिनामा यस फन्डको न्याभ १२ रुपैयाँ २७ पैसा रहेको थियो ।

वैशाखमा फन्डको सूचीकृत कम्पनीको सेयरमा गर्ने लगानी भने घटेर १ अर्ब ३६ करोड रुपैयाँ कायम भएको छ । चैतमा यसले सूचीकृत कम्पनीको सेयरमा १ अर्ब ४० करोड रुपैयाँ लगानी गरेको थियो ।

फन्डको बैंक  मौज्दात १ करोड ४६ लाख रुपैयाँबाट बढेर २ करोड २६ लाख रुपैयाँ कायम भएको छ । यसको मुद्दति निक्षेपमा ४ करोड रुपैयाँ जम्मा रहेको छ ।

यसअवधिमा फन्डले ५१ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । वैशाख मसान्तसम्म यो फन्ड कुल २३ करोड २२ लाख रुपैयाँ नाफामा रहेको छ । अघिल्लो महिना यसले २२ करोड ८ लाख रुपैयाँ नाफा गरेको थियो ।

यस्तै, प्रभु स्मार्ट फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) ८ पैसाले बढेर वैशाख महिनामा १२ रुपैयाँ  ४६ पैसा कायम भएको छ ।  चैत महिनामा  यस फन्डको न्याभ १२ रुपैयाँ ३८ पैसा रहेको थियो ।

वैशाखमा फन्डको सूचीकृत कम्पनीको सेयरमा गर्ने लगानी भने घटेर १ अर्ब १० करोड रुपैयाँ कायम भएको छ । चैतमा यसले सूचीकृत कम्पनीको सेयरमा १ अर्ब १४ करोड रुपैयाँ लगानी गरेको थियो । फन्डको बैंक मौज्दात पनि १ करोड ७३ लाख रुपैयाँबाट बढेर २ करोड ३५ लाख कायम भएको छ ।

यसअवधिमा फन्डले ४४ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । वैशाख मसान्तसम्म यो फन्डले कुल १७ करोड ८५ लाख रुपैयाँ नाफामा रहेको छ । अघिल्लो महिना यसले १७ करोड ७ लाख रुपैयाँ नाफा गरेको थियो ।

prabhu bank
nawakantipur long