stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सानिमा जीआईसी इन्स्योरेन्सले निर्जीवन बीमा अभिकर्ताको तालिम तथा परीक्षा सञ्चालन गर्दै

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्सले निर्जीवन बीमा अभिकर्ताको तालिम तथा परीक्षा सञ्चालन गर्ने भएको छ। इन्स्योरेन्स कम्पनीले आज एक सूचना प्रकाशित गरी जेठ २० गतेदेखि जेठ २२ गतेसम्म तालिम सञ्चालन गरिने जानकारी गराएको हो।

इन्स्योरेन्स कम्पनीको केन्द्रीय कार्यालयमा तालिम बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। जेठ २२ गते साँझ ५ बजेदेखि भने परीक्षा सञ्चालन गरिने इन्स्योरेन्स कम्पनीले जनाएको छ।

इन्स्योरेन्स कम्पनीको बीमा अभिकर्ता भई कार्य गर्न इच्छुक व्यक्ति तथा संस्थाको सुविधालाई ध्यानमा राखी भौतिक तथा भर्चुअल (गुगल मिट) मार्फत बीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्न लागिएको इन्स्योरेन्स कम्पनीले जनाएको छ।

बीमा अभिकर्ताका लागि न्यूनतम शैक्षिक योग्यता प्लस टु उत्तीर्ण गरेको हुनुपर्नेछ। तालिममा सहभागी हुन व्यक्तिगत बीमा अभिकर्ताका लागि शैक्षिक योग्यताको प्रमाणप तथा नागरिकता (नोटरीसहित) को प्रतिलिपि, पासपोर्ट साइटको फोटो ४ प्रति र स्थायी लेखा नम्बर र मोबाइल नम्बर अनिवार्य उल्लेख गरी व्यक्तिगत विवरण फाराम भर्नुपर्नेछ।

यसैगरी संस्थागत बीमा अभिकर्ताका लागि सम्बन्धित संस्थाको निवेदन (सञ्चालकको फोटो र हस्ताक्षर), सञ्चालकको नियुक्ति र पदावधि मिति खुल्ने पत्र, सञ्चालकको नागरिकताको प्रमाणपत्र र शैक्षिक योग्यता (कम्तिमा प्लस टु) उत्तीर्ण, प्यान दर्ता, अन्य दर्ता प्रमाणपत्र, कम्पनी रजिस्ट्रारको प्रमाणपत्र, ने.रा.बैं र सहकारी डिभिजन र घरेलु र वाणिज्य तथा अन्य दर्ता प्रमाणपत्र, नियमावली प्रबन्धपत्र, प्रबन्त्रपत्रको उद्देश्यमा बीमा अभिकर्ता भई काम गर्ने उल्लेख भएको र नियमावलीमा सञ्चालकको पदावधि उल्लेख भएको कागजात पेस गर्नुपर्नेछ।

तालिममा सहभागी हुन इच्छुकले सागर न्यौपाने (सम्पर्क व्यक्ति) लाई ९८५१३६८००० सम्पर्क गर्न सक्नेछन्। कार्यालयको फोन नं. ०१–४४२७१७०/१७१/१७२/१०१/१०३ मा पनि सम्पर्क गर्न सकिने व्यवस्था कम्पनीले गरेको छ।

prabhu mahalaxmi
kumari