sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

नेको इन्स्योरेन्सको साधारण सभा आज

सेयरधनीलाई लाभांश प्रस्ताव पारित गर्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज जेठ ९ गते शुक्रबार नेको इन्स्योरेन्सको वार्षिक साधारण सभा बस्दैछ । साधारण सभाले ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३६८४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभामा कम्पनीको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले वैशाख ३० गते बुक क्लोज गरिसकेको छ ।

तसर्थ, साधारण सभामा भाग लिन वैशाख ३० गतेभन्दा अघि सेयरधनी कायम भइसकेको हुनुपर्छ । साधारण सभा लिसारा रिसेप्सेन नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

prabhu bank
nawakantipur long