sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

जेठ २३ गतेबाट सगरमाथा लुम्बिनी इन्स्योरेन्सले अभिकर्ता तालिम सञ्चालन गर्दै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले बीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्ने भएको छ । इन्स्योरेन्स कम्पनीले यही जेठ २३ गतेदेखि २६ गतेसम्म बीमा अभिकर्ताको तालिम सञ्चालन गर्ने जाएको छ ।

तालिम कम्पनीको प्रधान कार्यालय काठमाडौंको नक्सालस्थित बिहान साढे ९ बजेदेखि बेलुका साढे ५ बजेसम्म संचालन हुनेछ ।

तालिम लिनका लागि प्लसटु वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ । तालिम लिन योग्य तथा इच्छुक व्यक्तिले आवश्यक कागजातसहित सम्पर्क राख्न कम्पनीले आग्रह गरेको छ ।

तालिम दस्तुर ३ हजार रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ । तालिममा सहभागी हुनका लागि आफुले प्राप्त गरेको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी, चारित्रिक प्रमाण पत्रको प्रतिलिपी, नेपाली नागरिकताको प्रतिलिपी, पासपोर्ट साइजको फोटो चाहिने कम्पनीले भनेको छ ।

त्यस्तै, संस्थागतको हकमा सहभागी हुने सम्बन्धित संचालक समितिको निर्णय भएको माइन्युट, कम्पनीको प्रबन्धपत्र तथा नियमावली, कम्पनी दर्ता प्रमाणपत्र भ्याट दर्ता प्रमाणपत्रको प्रतिलिपी नेपाली नागरिकताको प्रतिलिपी लगायत ३ हजार शुल्क लाग्ने जनाइएको छ ।

prabhu bank
nawakantipur long