stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

हिमालयन रिइन्स्योरेन्सको वित्तीय विवरण प्रकाशित

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। जसअनुसार यस अवधिसम्म कम्पनीले ९८ करोड ९३ लाख रूपैयाँ खुद नाफा गरेको छ।

गत आर्थिक वर्षको यसै अवधिसम्म ९३ करोड ११ लाख रूपैयाँ खुद नाफा गरेको कम्पनीले त्यसको तुलनामा यस वर्ष ६।२५ प्रतिशत बढी खुद नाफा गर्न सफल भएको हो।

खुद नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि वृद्धि भएको छ। गत वर्ष १२.४१ रूपैयाँ रहेको कम्पनीको ईपीएस यस वर्ष २७ पैसाले बढेर १२.६८ रूपैयाँ पुगेको छ।

त्यस्तै गत वर्षको चैत मसान्तसम्म कम्पनीले ३ अर्ब ४९ करोड रूपैयाँ खुद बीमा शुल्क आर्जन गरेकोमा यस वर्ष १९.७६ प्रतिशतले बढेर ४ अर्ब १८ करोड रूपैयाँ नाघेको छ।

यस वर्ष कम्पनीको कुल आम्दानी २१.७६ प्रतिशतले वृद्धि हुँदा कुल खर्च भने २४.७० प्रतिशतले वृद्धि भएको छ। आम्दानी ४ अर्ब २७ करोडबाट बढेर ५ अर्ब २० करोड पुग्दा खर्च २ अर्ब ९८ करोडबाट बढेर ३ अर्ब ७१ करोड नाघेको छ।

चुक्ता पूँजी १० अर्ब ४० करोड रूपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा साढे १६ करोड रूपैयाँ, जगेडा कोषमा १ अर्ब २ करोड रूपैयाँ, स्पेशल रिजर्भमा १ अर्ब ६३ करोड रूपैयाँ र शेयर प्रिमियम ३ अर्ब १२ करोड रूपैयाँ रहेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १६१.२४ रूपैयाँ रहेको छ।

prabhu mahalaxmi
kumari