stcnepal long ad
global ime bank long

नेको इन्स्योरेन्सको वित्तीय विवरण सार्वजनिक

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेको इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमास (साउन–चैत) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरण अनुसार कम्पनीले तेस्रो त्रैमाससम्म कम्पनीले ३६ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ३७ करोड ७४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा २.१६ चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको विशेष जगेडामा २ अर्ब २० करोड ९४ लाख रुपैयाँ, महाविपत्ति कोषमा १५ करोड ६७ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ६७ करोड ६१ लाख रुपैयाँ र अन्य इक्विटीमा ३२ करोड ६३ लाख रुपैयाँ रहेको छ।

अघिल्लो वर्ष असार मसान्तसम्म विशेष जगेडामा २ अर्ब २ करोड ४८ लाख रुपैयाँ, महाविपत्ति कोषमा १३ करोड ८२ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ५१ करोड ३६ लाख रुपैयाँ र अन्य इक्विटीमा २९ करोड २५ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिसम्म कम्पनीको बीमा कोषमा ४ अर्ब ६० लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म बीमा कोषमा ३ अर्ब ४१ करोड ५१ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको बीमा कोषको आकार १७।.३० प्रतिशतले बढेको छ।

तेस्रो त्रैमाससम्म कम्पनीले २ अर्ब १६ करोड १४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ९३ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ११.७५ प्रतिशतले बढेको छ।

कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब २२ करोड ७९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ७ करोड ३५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा खुद बीमाशुल्क १४.३९ प्रतिशतले बढेको छ।

शेयरपुँजी २ अर्ब १ करोड २३ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर २४.४७ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस २५.०१ रुपैयाँ थियो। पीई रेसियो ३०.६८ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ २६७.४० रुपैयाँ रहेको छ।

IME Lifesidebar
kumari