नेको इन्स्योरेन्सको वैशाख १२ गतेदेखि अवितरित सवा २ लाख कित्ता शेयर लिलाम बिक्रीमा ल्याउने

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले (वैशाख १२ गते)देखि अवितरित हकप्रद शेयरको लिलामी प्रक्रिया मार्फत बिक्री खुलाउने भएको छ ।
इन्स्योरेन्स कम्पनीले फागुन ८ गतेदेखि चैत १४ गतेसम्म चुक्ता पुँजी ५० करोड ३० लाख ९० हजार १५५ रुपियाँले हुन आउने २५ प्रतिशत अर्थात् ४ कित्ता बराबर १ कित्ता अनुपातमा १०० अंकित दरका ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद बिक्री खुला गरेको थियो ।
जसमा ४८ लाख ५ हजार ६४०.२० कित्ताका लागि रीतपूर्वक आवेदन दिनएका लगानीकर्ताले शेयर हात पारिसकेका छन् । यसरी बाँडफाँटमा नपरेको संस्थापक समूहतर्फको ४३ हजार ७७९.५२ कित्ता र सर्वसाधारणतर्फको १ लाख ८१ हजार ४८१.८३ कित्ता गरी कुल २ लाख २५ हजार २६१.३५ कित्ता इन्स्योरेन्स कम्पनीले लिलाम प्रक्रियामार्फत बिक्रीमा ल्याउन लागेको हो ।
प्रतिकित्ता १०० रुपियाँ तोकिएको यो शेयरमा लगानीकर्ताले वैशाख २१ गतेसम्म आवेदन दिन सक्नेछन् । शेयर खरिद गर्न जोकोही इच्छुक व्यक्ति, कम्पनी वा संघसंस्थाले प्रतिकित्ता के कति रेटमा खरिद गर्ने हो सोको विवरण खुलाई गोप्य शिलबन्दी पेश गर्नुपर्नेछ ।
शेयर खरिदका लागि बोलकबोल पेश गर्दा संस्थापक समूहतर्फ न्यूनतम १००० कित्ता र सर्वसाधारणतर्फ न्यूनतम १०० कित्ता वा अधिकत सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
शिलबन्दी सानिमा क्यापिटल र नेको इन्स्योरेन्सका देशभरका शाखामा बुझाउन सकिनेछ भने बोलपत्र फाराम पनि सोही स्थानमा पाइनेछ ।