stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेको इन्स्योरेन्सको २.२५ लाख कित्ता सेयर वैशाख १२ गतेदेखि बिक्री खुला हुने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले वैशाख १२ गतेदेखि २ लाख २५ हजार २६१ कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको हो ।

इन्स्योरेन्स कम्पनीले फागुन ८ गतेदेखि चैत १४ गतेसम्म चुक्ता पुँजीको २५ प्रतिशत अर्थात् प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ५० लाख ३० हजार ९०१ कित्ता हकप्रद सेयर बिक्री गरेको थियो ।
जसमध्ये संस्थापक समूहको बिक्री नभएको ४३ हजार ७७९ कित्ता र सर्वसाधारण समूहको बिक्री नभएको १ लाख ८१ हजार ४८१ कित्ता गरी कुल २ लाख २५ हजार कित्ता सेयर लिलामीमार्फत बिक्री गर्ने भएको हो ।

कम्पनीको सो सेयरमा  इच्छुक जो कोही व्यक्ति, कम्पनी,  संघसंस्थाहरूले बोलपत्र पेस गर्न सक्नेछन् । लगानीकर्ताले न्यूनतम् संस्थापकतर्फ १ हजार कित्ता र सर्वसाधारणतर्फ १ सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

लिलामीमा राखिएको सेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

इच्छुक लगानीकर्ताले वैशाख २१ गतेभित्र बोलपत्र पेस गर्नुपर्नेछ । कम्पनीको सो सेयर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

prabhu mahalaxmi
kumari