sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

आईएमई लाइफ इन्स्योरेन्सले शुरु ई–लोन सेवा गर्यो

घरमै बसीबसी १ लाखसम्म ऋण पाइने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ई–लोन सेवा शुरु गरेको छ ।इन्स्योरेन्स कम्पनीका सञ्चालक समिति तथा उच्च ब्यवस्थापनको उपस्थीतिमा अध्यक्ष डा. रामहरी अर्यालले ई–लोन सेवा उत्घाटन गर्दै घरबाटै बीमितले ऋणको लागि आवेदन दिन र ऋण प्राप्त गर्न सक्ने सुविधा उपलब्ध गराएको बताए ।

यो सेवा अन्तर्गत बीमितले घरबाटै आईएमई लाइफ मोबाइल एप वा वेबसाइटका माध्यमबाट रु। ५००० देखि रु १००,००० सम्म ई–लोनको लागि आवेदन दिन सक्नेछन् ।

बीमितले इन्स्योरेन्स कम्पनीको वेबसाइट मार्फत ऋण आबेदन चौबिसै घण्टा आफुरहेको स्थानबाटै दिन सक्नेछन् । कार्यालय समय भित्र तुरुन्तै र बिदाको दिन कार्यालय समय सुरु हुने बित्तिकै सजिलै ऋण आफ्नो बैंक खातामा प्राप्त गर्न सक्नेछन् । यसरी ऋण लिनको निमित्त कुनैपनी अतिरिक्त सेवा शुल्क लाग्ने छैन ।

ऋण सुविधा पाउनको लागि बीमितको केवाईसी प्रमाणीकरण पूरा हुनुको साथै बीमा शुल्क भुक्तानी गरेको कम्तिमा ३ वर्ष पूरा भइसकेको हुनुपर्ने छ ।

इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले आईएमई लाइफ ई–लोन सेवाले इन्स्योरेन्स कम्पनीका बीमितहरूलाई सरल र सहज कर्जा सेवा प्रदान गर्ने विश्वास लिएको वताउँदै डिजिटाइजेसन, अटोमेसन र द्रुतसेवा दिने कम्पनीको उद्देश्यमा निरन्तरता दिदै ग्राहकसेवा र अनुभवलाई थप परिष्कृत र उत्कृष्ठ बनाउँदै लैजाने प्रयासको निरन्तरता हो ।

gold
nawakantipur long