sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ आज बाँडफाँट नहुने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ आज बिहीबार (फागुन २२ गते) बाँडफाँट नहुने भएको छ । बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलका अनुसार अब नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ शुक्रबार (फागुन २३ गते) बिहान ८ बजे बाँडफाँट हुनेछ ।

क्यापिटलले बिहीबार बिहान ८ः३० बजे आफ्नै कार्यालय लाजिम्पाट काठमाडौंमा आइपीओ बाँडफाँट गर्ने तयारी गरेको थियो ।

तर बलेफी हाइड्रोपावरको लिलामी सेयरको बोलपत्र खोल्ने समय पनि बिहीबार बिहान ८ बजे परेपछि आइपीओ बाँडफाँटको कार्यक्रम स्थगित गरिएको एनआइएमबी एस क्यापिटलले जानकारी गराएको छ ।

नेपाल माइक्रो इन्स्योरेन्सको फागुन ११ गतेदेखि १५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता आइपीओ बिक्री गरेको थियो ।

उक्त आइपीओमा अन्तिम दिनसम्ममा १९ लाख ९७७ जनाले कुल २ करोड ४४ लाख ८३ हजार २२० कित्ताका लागि आवेदन दिएका थिए ।

तसर्थ, यसमा गोलाप्रथामार्फत १ लाख ८४ हजार ५०० जनाले मात्र सेयर हात पार्नेछन् । अब शुक्रबार आइपीओ बाँडफाँट भएपछि नतिजा सार्वजनिक हुनेछ ।

 

gold
nawakantipur long