sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

स्वास्थ्य बिमाका लागि तीन अर्ब ८४ करोड रुपियाँ निकासा

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौँ । सरकारले स्वास्थ्य बिमाको भुक्तानी सहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरूका लागि थप तीन अर्ब ८४ करोड रुपियाँ निकासा गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य बिमाको रकम भुक्तानी नहुँदा समस्या परेको बताउँदै आएको थियो । स्वास्थ्य मन्त्रालयको मागका आधारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त रकम निकासा गर्ने निर्णय गर्नुभएको हो ।

निकासा भएको रकममध्ये स्वास्थ्य बिमा बोर्डलाई तीन अर्ब रुपियाँ, ज्येष्ठ नागरिकको उपचारलगायतका लागि ६० करोड रुपियाँ र मुटु रोगका बिरामीलाई निःशुल्क उपचारका लागि सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई २४ करोड रुपियाँ रहेको छ ।

स्वास्थ्य बिमा बोर्डका निमित्त कार्यकारी निर्देशक डा. सरोज शर्माले सरकारले तीन अर्ब ८४ करोड रकम भुक्तानी दिएको जानकारी दिँदै असारसम्मको भुक्तानी तत्काल अस्पतालहरूलाई वितरण गरिने जानकारी दिनुभयो ।

शर्माले बिमा बोर्डलाई वार्षिक १६ अर्ब रुपियाँ आवश्यक भएको पनि बताउनुभयो । उहाँले स्वास्थ्य बिमाबापतको भुक्तानी रकम सरकारी अस्पताल, सामुदायिक र निजी अस्पताललाई वितरण गरिने बताउनुभयो ।

gold
kumari bank
nawakantipur long