sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बिहीबार बाँडफाँट हुने

१ लाख ८४ हजार ५०० जनाले सेयर पाउने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ बिहीबार (फागुन २२ गते) बाँडफाँट हुने तय भएको छ । बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलका अनुसार बिहीबार बिहान ८ः३० बजे आफ्नै कार्यालय लाजिम्पाट काठमाडौंमा आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ ।

यता, नेपाल माइक्रोको आइपीओ हात पार्न भाग्यकै भर पर्नुपर्नेछ । यसमा मागभन्दा १३.२७ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ ।

यसमा १९ लाख ९७७ जनाले कुल २ करोड ४४ लाख ८३ हजार २२० कित्ताका लागि आवेदन दिएका छन् । जसमा १ लाख ८४ हजार ५०० जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १७ लाख १७ हजार ४७७ जनाको भने हात खाली हुनेछ ।

कम्पनीले फागुन ११ गतेदेखि १५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर बिक्री खुला गरेको थियो ।

केयर रेटिङ नेपालले नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओलाई ‘केयरएनपी बीबी माइनस रेटिङ’ प्रदान गरेको छ । जसले इन्स्योरेन्स कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । केयर नेपालले २०८१ भदौ ६ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८२ भदौ ६ गतेसम्म बाहल रहनेछ ।

gold
nawakantipur long