बिमा प्राधिकरणको अध्यक्षका लागि ५ जनाको नाम सिफारिस

काठमाडौं । प्राधिकरणको अध्यक्ष पदका लागि १२ जनाको आवेदन परेको थियो । ‘सर्टलिस्ट’ मा परेका ५ जनालाई फागुन ११ गते व्यवसायिक कार्ययोजनाको प्रस्तुतिकरण र अन्तरवार्ताको लागि बोलाएको अर्थ मन्त्रालयले जनाएको छ । बिमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवाल माथि भ्रष्टाचार मुद्दा लागेपछि सो पद अहिले खाली छ ।
हाल अर्को व्यवस्था नभएसम्मका लागि अर्थ मन्त्रालयका सहसचिव मदन दाहालले अध्यक्षको जिम्मेवारी सम्हालेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिमा प्राधिकरण अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेपछि उनी स्वतः निलम्बनमा परेका थिए ।