शिखर इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । मंगलबारको अन्तिम कारोबार मूल्य ८४२ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो ।
समायोजन पश्चात यसको सेयर भाउ ७६५.४५ रुपैयाँ कायम भएको छ । सोही भाउलाई आधार मानेर यसको बुधबार कारोबार खुला हुनेछ ।