citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
nabil bank

सानिमा जिआईसी इन्स्योरेन्सद्वारा लाभांश घोषणा

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौँ । सानिमा जिआईसी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

इन्स्योरेन्स कम्पनीको माघ २४ गते बसेको सञ्चालक समितिको बैंठकले हाल कायम रहेको चुक्तापूँजीको ७.५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.३९४७ प्रतिशत नगद गरी कुल ७.८९४७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात मात्र शेयरधनीहरुलाई वितरण गरिनेछ ।

gold
kumari bank