citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

आज माघ २० गतेबाट एनएलजी इन्स्योरेन्सको करिब सवा ३ लाख कित्ता शेयर बिक्रीमा

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको करिब सवा ३ लाख कित्ता शेयर लिलामी प्रक्रियामार्फत आज माघ २० गतेबाट बिक्री खुला गरिँदैछ।

कम्पनीको ३ लाख २० हजार ५३३.२२ कित्ता अवितरित हकप्रद शेयर बिक्रीमा राख्न लागिएको हो। जसमा संस्थापक समूहको २९ हजार ९७७.३१ कित्ता र सर्वसाधारण समूहको २ लाख ९० हजार ५५५.९१ कित्ता शेयर रहेको छ। उक्त शेयर कम्पनीले हालै आफ्ना शेयरधनीहरुलाई जारी गरेको हकप्रद शेयरमा बिक्री हुन बाँकी रहेको हो।

बिक्रीमा राखिएको शेयरमा इच्छुक जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले खरिद आवेदन दिन संस्थापक समूहमा कम्तीमा १ हजार कित्ता र सर्वसाधारण समूहमा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्।

शेयरको प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र माघ २७ गतेसम्म पेस गर्न सकिनेछ। बोलपत्र धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटल तथा एनएलजी इन्स्योरेन्सका शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, सुर्खेत तथा धनगढीमा पेस गर्न सकिने व्यवस्था गरिएको छ।

gold
himalayan life insurance long ad