stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेशनल लाइफ इन्स्योरेन्सद्वारा ‘बाल अमृत सावधिक जीवन बीमालेख–४’ नामक नयाँ बीमा पोलिसी सार्वजनिक

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ ।  नेशनल लाइफ इन्स्योरेन्स  कम्पनी लिमिटेडले ‘बाल अमृत सावधिक जीवन बीमालेख–४’ नामक नयाँ बीमा पोलिसी सार्वजनिक गरेको छ ।

न्यूनतम बीमा शुल्कमा उच्चतम सुरक्षा प्रदान गर्ने अभिप्रायका साथ आज माघ २ गते काठमाडौँमा आयोजित एक विशेष समारोहका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले उक्त बीमा योजना सार्वजनिक गरेका हुन् ।

यस पोलिसीमा प्रस्तावकको पनि जोखिम रक्षावरण हुनेछ । यस योजनामा प्रस्तावको न्युनतम् उमेर २० वर्ष र अधिकतम् वर्ष ५० रहेको हुनुपर्ने छ । यस्तै, अधिकतम् बीमा समाप्ती उमेर ७० वर्ष रहेको छ । कम्पनीका अनुसार यस नयाँ योजनामा वार्षिक, अर्धवार्षिक, त्रैमासिक र मासिक गरेर चार तरिकाबाट बीमा शुल्क बुझाउन सकिने व्यवस्था गरिएको छ ।

इन्स्योरेन्स कम्पनीको  नियम अनुसार यो पोलिसी खरिद गर्ने बीमितको आवश्यक रुपमा स्वास्थ्य परिक्षण हुनेछ । यस योजनाको प्रिमियम वार्षिक रुपमा छोडेर अर्धवार्षिक रुपमा भुक्तानी गरेको अवस्थामा तीन प्रतिशत बढी चार्च लाग्ने समेत कम्पनीले बताएको छ ।

त्यसैगरी, बीमांकको रकमको आधारमा पनि यस पोलिसीमा कम्पनीले छुटको पनि व्यवस्था गरेका छन् । यस योजनामा पाँच लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्मको बीमा गरेको अवस्थामा रु एक प्रतिहजार छुट हुने छ ।

यसैगरी ठूलो बीमांक रकमको बीमा गरेको अवस्थामा पनि सोही अनुरुप छुटको व्यवस्था मिलाइएको छ । यो पोलिसीमा बीमितको हकमा २ वर्षपछि जोखिमको रक्षावरण हुनेछ ।

यस्तै यस बीमा पोलिसीमा पनि अतिरिक्त (राइडर) सेवा सुविधाहरु समावेश गरिएको छ । केही अतिरिक्त रकम भुक्तानी गरेर मात्र राइडर सेवा सुविधा लिन सकिन्छ ।

इन्स्योरेन्स कम्पनीका देशभरी सञ्चालित शाखा कार्यालय र अभिकर्ताहरु मार्फत उक्त पोलिसी खरिद गर्न सकिनेछ । यस पोलिसीमा परिपक्क अवधि भएको अवस्थामा कुल प्रिमियम र आर्जित बोनशसहित एकमुष्ट गणना गरेर बीमितलाई हस्तान्तरण गरिन्छ ।

prabhu mahalaxmi
kumari