citizens life insurance long ad
stcnepal long ad

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नगद लाभांश शेयरधनीको खातामा जम्मा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पुस ६ गतेको साधारणसभाले पारित गरेको २० प्रतिशत नगद लाभांश (कर समेत) सम्बन्धित शेयरधनीको खातामा जम्मा भएको छ।

इन्स्योरेन्स कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कात्तिक २१ गते बुक क्लोज गरेको थियो। यसर्थ कात्तिक २० गतेसम्म कायम शेयरधनीहमा लाभांश वितरण गरिएको हो।

इन्स्योरेन्स कम्पनीले शेयरधनीको सम्बन्धित डिम्याट खाता र बैंक खातामा लाभांश पुस ६ गतेदेखि नै जम्मा गराइएको जनाएको छ।

हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका र डिम्याट खाता अद्यावधिक नगरेका शेयरधनीलाई शेयर अभौतिकीकरण र अद्यावधिक गर्न समेत आग्रह गरेको छ।

साथै धितोबन्धक राखी कर्जा लिएका शेयरधनीको कर्जा चुक्ता गरेको फुकुवा पत्र प्राप्त भएपछि मात्रै बैंक खातामा पठाइने कम्पनीले जनाएको छ।

IME Life
kumari