stcnepal long ad
ime life insurance
global ime bank long

आइपिओको तयारीमा रहेको स्टार माइ्क्रोले पायो डब्बल बि माइनस रेटिङ

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । चुक्ता पूँजी वृद्धिका लागि सर्वसाधारणमा शेयर जारी (आइपिओ) गर्ने तयारीमा रहेको स्टार माइक्रो इन्स्योरेन्सले डब्बल बि माइनस रेटिङ पाएको छ। क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले वित्तीय सबलता मूल्याङ्कन पछि यस्तो रेटिङ प्रदान गरेको हो।

इक्रा नेपालका अनुसार यो रेटिङ प्राप्त गर्ने शेयर जारीकर्ता संस्थाले पूर्व निर्धारित समयमै वित्तीय दायीत्व पुरा गर्ने सवालमा मध्यम स्तरको जोखिम रहेको मानिन्छ।

लघु निर्जीवन बीमकको रूपमा कारोबार गर्न इजाजत प्राप्त स्टार माइक्रोले आइपिओ जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति समेत मागि सकेको छ।

धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको आइपिओ निष्काशन गर्नेछ। जसअनुसार कम्पनीले २२ लाख ५० हजार कित्ता आइपीओ बिक्री खुला गर्नेछ। यसको बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ।

लघु बीमकको न्यूनत्तम चुक्ता पूँजी ७५ करोड रुपैयाँ तोकिएको छ। यो मध्ये ७० प्रतिशत अर्थात् ५२ करोड ५० लाख रुपैयाँ संस्थापक शेयरधनीले लगानी गरेका छन् ।

बाँकी ३० प्रतिशत रकम सर्वसाधारणबाट संकलन गरेर चुक्ता पूँजी जुटाउने लघु बीमकको योजना छ।

prabhu mahalaxmi
kumari