महुली लघुवित्त वित्तीय संस्थाको (एफपीओ) मा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको सार्वजनिक निष्कासन (एफपीओ) मा आवेदन दिने आज (पुस ९) अन्तिम दिन रहेको छ ।
लघुवित्तले हाल कायम सर्वसाधारण समूहको हिस्सा १९.६८ प्रतिशतलाई कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत पु¥याउन पुस ५ गतेदेखि एफपीओ बिक्री खुला गरेको हो ।
लघुवित्तले ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपियाँबराबरको प्रतिकित्ता १०० रुपियाँ अंकित मूल्यका ४ लाख ७५ हजार ४४९.१५ कित्ता शेयर निष्कासन गर्नेछ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।
एफपीओ निष्कासनका लागि लघुवित्तलाई क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालले इक्रएनपी इस्युअर रेटिङ डबल बी माइनस प्रदान गरेको छ । यसले लघुवित्तको वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।हाल लघुवित्तको चुक्ता पुँजी ३२ करोड २३ लाख ७८ हजार ५८५ रुपियाँ छ, जुन एफपीओ निष्कासनपश्चात् ३६ करोड ९९ लाख २३ हजार ५०० रुपियाँ पुग्नेछ ।