एनएलजी इन्स्योरेन्स कम्पनीको हकप्रदमा आजदेखि आवेदन दिन सकिने
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयरमा आज मंसिर ११ गतेदेखि आवेदन दिन सकिने भएको छ ।
कम्पनीले १०ः६.२५६ को अनुपातमा प्रतिशेयर १०० रुपियाँ अंकित मूल्यका दरले ९६ करोड ३१ लाख २२ हजार २२ रुपियाँबराबरको ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद शेयरको बिक्री खुला गरेको हो ।
हकप्रद शेयर निष्कासन पुस १ गते बैंकिङ समयपछि बन्द हुने कम्पनीले जनाएको छ ।
हकप्रद निष्काशन प्रयोजनार्थ कात्तिक २७ गते कम्पनीले बुक क्लोज गर्नेछ । कात्तिक २६ गतेसम्म कायम शेयरधनीले मात्रै कम्पनीको हकप्रद शेयर खरिद गर्न पाउनेछन् ।
इच्छुक लगानीकर्ताले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज लिमिटेड, एनएजली इन्स्योरेन्सका केन्द्रीय तथा विभिन्न क्षेत्रीय कार्यालय, लक्ष्मी सनराइज बैंकका तोकिएका शाखा कार्यालय र सीआस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् ।
हकप्रद शेयर बाँडफाँटपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार ९८२ रुपियाँ पुग्ने कम्पनीले जनाएको छ ।