stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात मंसिर १२ गते एक दिनका लागि बुकक्लोज गर्दैछ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

साधारण सभाले हाल कायम चुक्ता पूँजीको ६.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित १९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा ३८ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो साधारण सभा बिहान साढे ९ बजे शुरु हुनेछ।

prabhu mahalaxmi
kumari