एनएलजी इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर : आजसम्म कायम सेयरधनीले आवेदन दिन पाउने
काठमाडौं । एनएलजी इन्स्योरेन्सको ६२.५६ प्रतिशत हकप्रद सेयरमा आज कात्तिक २६ गते सोमबारसम्म कायम सेयरधनीले आवेदन दिन पाउने छन् ।
यस इन्स्योरेन्स कम्पनीले हकप्रद सेयरको लागि कात्तिक २७ गते बुक क्लोज गर्दैछ । तसर्थ, आजसम्म कायम सेयरधनीले यसमा आवेदन दिन सक्नेछन् ।
इन्स्योरेन्स कम्पनीले मंसिर ११ गतेदेखि ६२.५६ शतप्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो । कम्पनीले १०ः ६.२५६ अनुपातमा ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।
जस अनुसार यस इन्स्योरेन्स कम्पनीले १ सय अंकित मूल्यमा ९६ करोड ३१ लाख २२ हजार २२ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ । हकप्रद सेयर निष्कासनका लागि यसले लक्ष्मी सनराईज क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
हाल यस इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९० रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी २ अर्ब ४२ करोड २३ लाख रुपैयाँ पुग्नेछ ।