एनएलजी इन्स्योरेन्सले हकप्रद दिने

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभाबाट हकप्रद प्रस्ताव सेयर प्रस्ताव पारित भएको छ ।
आज २०८१ कात्तिक ७ गते कम्पनीका सञ्चालक समितिका अध्यक्ष बिमल प्रसाद वाग्लेको अध्यक्षतामा भाटभटेनीस्थित आम्रपाली ब्याङ्केटमा भव्यरुपले सम्पन्न साधारण सभाले हकप्रद सेयर प्रस्ताव पारित गरेको छ ।
साधारण सभाले चुक्ता पूँजीको १० सेयर बराबर ६.२५६ शेयर अुनपात अर्थात् ६२.५६ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।
साधारण सभाबाट हकप्रदको प्रस्ताव पारित भएसँगै कम्पनीले अब यसका आधारभूत पक्षहरूको कामलाई निरन्तरता दिने बताएको छ ।
कम्पनीले नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पूँजी पुर्याउनका लागि हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो ।
बार्षिक साधारण सभामा आधा दर्जन भन्दा धेरै सेयरधनीहरुले कम्पनीको वित्तीय अवस्था र लाभांशका बारेमा बोलेका थिए ।
साधारण सभामा बोल्ने सबै सेयरधनीले हकप्रद सेयरको प्रस्तावलाई स्वागत गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनील बल्लभ पन्त कार्यशैलीको खुलेरै प्रशंसा गरेका थिए ।