stcnepal long ad

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले शेयर प्रत्याभुित प्रदान गर्ने सम्बन्धि त्रिपक्षिय सम्झौतापत्रमा हस्ताक्षर 

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणहरुलाई जारी गर्न लागेको २२,५०,००० कित्ता साधारण शेयरको प्रति शेयर अङ्कित मूल्य रु. १०/– का दरले कुल रु. २२,५०,००,०००÷– (अक्षरेपी बाइस करोड पचास लाख रुपैयाँ मात्र) को खरीद प्रत्याभुति सेवा को लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लि. तथा आरबिबि म्युचुअल फन्ड १ लाई नियुक्त गरेको छ ।

आज एक कार्यक्रमका बिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लि.का तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत  लेखनाथ पोख्रेल, आरबिबि म्युचुअल फन्ड १ का का तर्फबाट आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेल र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत राम कुमार यादबले उक्त शेयर प्रत्याभुित प्रदान गर्ने सम्बन्धि त्रिपक्षिय सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।

यसले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त गरी लगानि ब्यबस्थापन सेवा, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सेवा, धितोपत्र खरिद प्रत्याभुति सेवा, हितग्राही खाता सञ्चालन सम्बन्धी सेवा, संस्थागत परामर्श सम्बन्धी सेवा तथा शेयर रजिष्ट्रार सम्वन्धि सेवा प्रदान गर्दै आइरहेको छ भने लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लि. गण्डकी प्रदेश अन्तर्गत कास्की जिल्लाको न्यूरोड, पोखरामा मुख्य कार्यालय स्थापना गरि नेपाल बीमा प्राधिकरणबाट बीमा ऐन २०७९ तथा बीमा नियमावली २०४९ बमोजिम मिति २०८०/०५/०१ गते इजाजत प्राप्त गरि मिति २०८०/०६/१९ गते देखि लघु जीवन बीमा सम्बन्धि सेवा त्रिपुरेश्वर, काठमाडौं स्थित ब्लुबर्ड मल मा रहेको प्रादेशिक कार्यालय सहित आफ्ना देश भरि छरिएका ४ शाखा तथा ६ उप–शाखा कार्यालयहरु मार्फत प्रदान गर्दै आइरहेकोछ ।

यस कम्पनी, कम्पनी ऐन २०६३ बमोजिम मिति २०७९ पौष १७ गते कम्पनि रजिष्ट्रारको कार्यालयमा विधिवत् दर्ता भएको हो ।