evrest bank
citizens life insurance long ad
stcnepal long ad
national life
global bank

एनएलजी इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर संशोधन पारित गर्न विशेष सभा डाक्यो

Prabhu Insurance Long Ad
nawakantipur long
global bank

काठमाडौं । हकप्रद सेयर संशोधन गर्न एनएलजी इन्स्योरेन्स कम्पनीले विशेष साधारण सभा बोलाएको छ । कम्पनीको असोज १६ गते बसेको सञ्चालक समितिको बैठकले कात्तिक ७ गते आम्रपाली ब्याङ्क्वेट काठमाडौंमा बिहान साढे ११ बजे सभा बोलाएको हो ।

इन्स्योरेन्स  कम्पनीको साधारण सभाले हकप्रद सेयर संशोधन प्रस्ताव पारित गर्नेछ । यसअघि कम्पनीले चुक्ता पुँजी १ अर्ब ४५ करोड ९२ लाख रुपैयाँको १० सेयर बराबर ६.६ सेयर (६६ प्रतिशत) ले हुन आउने ९६ करोड ३१ लाख २२ हजार रुपैयाँका प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ९६ लाख ३१ हजार २२० कित्ता सेयर जारी गर्न प्रस्ताव गरेको थियो ।

तर, यस अवधिमा कम्पनीले ५.५० प्रतिशत बोनस सेयर जारी गरेपछि चुक्ता पुँजी १ अर्ब ५३ करोड ९४ लाख रुपैयाँ पुगेको थियो ।

बोनस वापतको सेयर घटाउँदै अब कम्पनीले ६२.५६ प्रतिशत अर्थात् ९६ करोड ३१ लाख २२ हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँका दरले ९६ लाख ३१ हजार २२० कित्ता हकप्रद सेयर जारी गर्नेछ ।

साथै नेपाल बीमा प्राधिकरणबाट हकप्रद सेयर घटाउने प्रस्तावलाई अनुमति दिइसकेको र साधारण सभाबाट पारित गर्ने गरी विशेष साधारण सभा बोलाएको हो ।

himalayan life insurance long ad
igi long