citizens life insurance long ad
stcnepal long ad
national life

नेशनल लाइफ इन्स्योरेन्सको अधिकांश सूचक बढ्यो

Prabhu Insurance Long Ad

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ ।

५ अर्ब १ करोड शेयर पूँजी भएको कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४० करोड ६३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २५ करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ६०.९२ प्रतिशतले वृद्धि भएको हो ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले शेयर प्रिमियममा सिर्षकमा २ करोड रुपैयाँ माथि संचित गरेको छ ।

यस अवधिमा कम्पनीको महाविपत्तीकोषमा ५६ करोड ९७ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको रिटेण्ड अर्निङ्गमा १ अर्ब २२ करोड ८२ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषमा ६५ अर्ब ४० करोड रहेको थियो ।

अघिल्लो आर्थिक वर्षको असारमसान्तको तुलनामा गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषको आकार १९.१९ प्रतिशतले वृद्धि भएर ७७ अर्ब ९५ करोड पुगेको छ ।

असार मसान्तसम्ममा कम्पनीले १९ अर्ब २२ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १६ अर्ब ८० करोड कुल बीमा शुल्क आर्जन गरेको थियो ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन १४.३४ प्रतिशतले वृद्धि भएको हो ।

समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ४२ करोड ५० लाख रुपैयाँ खर्चिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३२ करोड २ लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको थियो ।

कम्पनीले यस अवधिमा १८ अर्ब ७९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १६ अर्ब ४८ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १३.९९ प्रतिशतले वृद्धि भएको हो ।

समिक्षा अवधिमा कम्पनीले १ अर्ब ८३ करोड ३० लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ५८ करोड २२ लाख रुपैयाँ खर्चिएको थियो ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ८।११ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १४४।२८ रुपैयाँ रहेको छ

himalayan life insurance
igi long