आजबाट हिमालयन रिको १५ लाख कित्ता शेयरको लकइन अवधि सकिने

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको १५ लाख कित्ता शेयरको लकइन अवधि आज असार १० गतेबाट सकिदै छ।
कम्पनीले जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ३ करोड कित्ता साधारण शेयर सर्वसाधारणलाई २०८० मंसिर २७ गतेदेखि पुस २ गतेसम्म बिक्री खुला गरेको थियो।
त्यतिबेला सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको १५ लाख कित्ता शेयर नेपाल धितोपत्र बोर्डको निर्देशनबमोजिम पुस ११ गतेबाट ६ महिनाका लागि लकइनमा राखिएको थियो।
सोही शेयरका लकइन अवधि आज असार १० गतेबाट सकिने कम्पनीले जानकारी गराएको हो।