stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

सुधार गृहमा रहेका बालबालिकाको स्वास्थ्य बीमाका लागि विशेष व्यवस्था

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं । बाल गृहमा आश्रय लिई रहेका बालबालिकाको निःशुल्क स्वास्थ्य बीमाका लागि स्वास्थ्य बीमा बोर्डले विशेष व्यवस्था गर्ने भएको छ ।

कानूनको विवादमा परी सुधार गृहमा रहेका बालबालिकाको स्वास्थ्य उपचार सेवाका लागि बोर्डले परिवर्तित नाम सहितको बीमा कार्ड जारी गर्न लागेको हो ।

बोर्डका अनुसार सुधार गृहमा राखिएका कानूनको विवादमा परेका बालबालिकाको उपचार सेवाका लागि उनीहरूको परिवर्तित वा सांकेतिक नामका आधारमा बीमा कार्ड जारी गरिनेछ । यस्तो गर्दा बालबालिकाको गोपनीयताको हकको सुरक्षाको प्रत्याभूती दिलाउन सम्भव हुनेछ ।

बालबालिका सम्बन्धी ऐन २०७५ ले निश्चित उमेरसम्मका नाबालिगहरूलाई कसूरको अवस्थाका आधारमा वयस्क सरह जेल सजाय नगरी सुधार गृहमा राख्नुपर्ने व्यवस्था गरेको छ ।

कुनै अपराधमा संलग्न भएको अभियोगको पुष्टी पछि अदालतले सजाय तोकेको बालबालिकालाई कानूनको विवादमा परेका बालबालिकाका रूपमा परिभाषित गरिएको छ ।

बीमा बोर्डले डोटी, बाँके, रूपन्देही, पर्सा र मकवानपुरस्थित जिल्ला सम्पर्क शाखालाई बिहीबार निर्देशन जारी गर्दै बाल गृहले उपलब्ध गराएको सांकेतिक नामको आधारमा एकीकृत सूचना प्रणालीमा विवरण प्रविष्ट गरी बीमा कार्ड जारी गर्न भनेको छ ।

prabhu mahalaxmi
kumari