sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

भारतीय निर्जीवन बीमकले आगामी ४ वर्ष ९.९ प्रतिशतको वार्षिक वृद्धिदर हासिल गर्ने अनुमान

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । भारतीय निर्जीवन बीमा कम्पनीको कारोबार आगामी चार वर्षमा वृद्धि भएर ४ खर्ब ८९ अर्ब भारू नाघ्ने प्रक्षेपण गरिएको छ।

ग्लोबल डाटा नामक संस्थाले प्रकाशन गरेको प्रक्षेपण अनुसार भारतीय निर्जीवन बीमा कम्पनीको कुल बीमाशुल्क आम्दानी वार्षिक ९.९ प्रतिशतको वृद्धिदर हासिल गर्दै यो उचाइमा पुग्ने भएको हो ।

भारतीय आर्थिक वर्ष २०२४ मा भारतीय निर्जीवन बीमा कम्पनीले कूल ३ खर्ब ३५ अर्ब भारू कूल बीमालेख आर्जन गर्ने अनुमान छ ।

तथ्यांक अनुसार भारतीय जीवन बीमा कम्पनी आ.व. २०२४ मा ११.२ प्रतिशतले वृद्धि हुने अपेक्षा गरिएको छ।

यो वृद्धिदर हासिल गर्नका लागि विशेषगरी व्यक्तिगत दुर्घटना र स्वास्थ्य बीमा, मोटर र सम्पत्ति बीमा वापतको बीमाशुल्क आम्दानीले योगदान पुर्याउने छ । यी बीमाले निर्जीवन बीमा कम्पनीको व्यापारको ९३ प्रतिशत हिस्सा ओगटेका छन् ।

gold
kumari bank
nawakantipur long