stcnepal long ad
ime life insurance
global ime bank long

हिमालयन रिइन्स्योरेन्सको तेस्रो त्रैमाससम्म ९३ करोड ११ लाख रुपैयाँ नाफा आर्जन

प्रिमियम कलेक्सन उत्साहजनक, १००%ले नाफा बढ्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण हिमालयन रिइन्स्योरेन्सले सार्वजनिक गरेको छ।

वित्तीय विवरण अनुसार शेयर पुँजी १० अर्ब रुपैयाँ भएको कम्पनीले तेस्रो त्रैमाससम्म ९३ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ४६ करोड ४३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्मको तुलनामा कम्पनीको नाफा १००.५४ प्रतिशतले बढेको छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले शेयर प्रिमियममा शीर्षकमा ३ अर्ब १८ करोड रुपैयाँ सञ्चित गरेको छ।

चैत मसान्तसम्म कम्पनीले ३ अर्ब ७९ करोड ६७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ७६ करोड ३२ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो।

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्मको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ११५.३१ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म कम्पनीले ३ अर्ब ४९ करोड ९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा १२६.६० प्रतिशतले बढी हो।

अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १ अर्ब ५५ करोड ८८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १२.४१ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म ईपीएस ८.८४ रुपैयाँ थियो। पीई रेसियो ४९.१५ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १४९।९७ रुपैयाँ रहेको छ।

prabhu mahalaxmi
kumari