sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यस वर्षको नगद लाभांश वितरण गरेको छ । कम्पनीले वैशाख २१ गते सम्पन्न १६औं वार्षिक साधारण सभाबाट पारित २४ दशमलव ७४ प्रतिशत नगद लाभांश सम्बन्धित शेयरधनीहरूको बैंक खातामा जम्मा गरेको हो ।

वैशाख ६ गतेसम हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक गराएका शेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गरेको हो ।

नगद लाभांश बैंक खातामै जम्मा गरिने भएकाले हालसम्म पनि बैंक खाता नम्बर अद्यावधिक नगराएका शेयरधनीहरूले यथासिघ्र गराउन समेत कम्पनीले आग्रह गरेको छ ।

कम्पनीको १६औं वार्षिक साधारण सभाबाटै कम्पनीले १० दशमलव २६ प्रतिशत बोनस शेयर समेत पारित गरेको थियो । उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत भएपछि सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गर्नेछ ।

gold
prabhu bank
nawakantipur long