stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

राष्ट्रिय बिमा कम्पनीले ५१ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरे

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं । राष्ट्रिय बिमा कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५१ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको यसैअवधिको तुलनामा २४.७८ प्रतिशत कम हो ।

गत वर्षको यसैअवधिमा कम्पनीले ६८ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको थियो । यसको कमिसन, लगानीबाट हुने आम्दानी र अन्य आम्दानी घटेको छ ।

जसकारण नाफामा असर परेको हो । चुक्ता पुँजी २६ करोड ६६ लाख ३९ हजार रहेको यस कम्पनीको रिटेन्ड अर्निङमा ३ अर्ब ५६ करोड ८३ लाख रुपैयाँ रहेको छ ।

यसको बिमा कोषमा १ अर्ब ११ करोड रकम छ । बिमा शुल्क संकलन पनि ६३.२० प्रतिशतले घटेर १० करोड १६ लाख रुपैयाँमा झरेको छ । यसअवधिसम्म आइपुग्दा यो कम्पनीको प्रतिसेयर आम्दानी १९३.६५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १६११.२९ रुपैयाँ छ ।

 

prabhu mahalaxmi
kumari