stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले  कुल बीमा शुल्क आर्जन १ करोड माथि

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

शेयरपुँजी ५२ अर्ब ५० करोड रुपैयाँ रहेको कम्पनीले समीक्षा अवधिसम्म ८७ लाख ४२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ।

यस अवधिसम्म कम्पनीले १ करोड २ लाख १३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। समीक्षा अवधिसम्म कम्पनीको खुद बीमाशुल्क आर्जन भने ९८ लाख ७१ हजार रुपैयाँ रहेको छ।

तेस्रो त्रैमासमा कम्पनीको सञ्चिती जगेडा कोषमा १ करोड ४ लाख ५३ हजार रुपैयाँ रहेको छ। आर्थिक वर्ष २०७९।८० को असार मसान्तसम्म कम्पनीको महाविपत्ति कोषमा २ लाख ५५ हजार रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षको चैत मसान्तसम्म ११ लाख २९ हजार रुपैयाँ रहेको छ।

prabhu mahalaxmi
kumari bank
kumari