stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स वित्तीय विवरण सार्वजनिक

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले अपरिष्कृत वित्तीय विवरण आज सार्वजनिक गरेको छ ।

आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीले उल्लेख्य प्रगति गर्दै मुनाफा र जीवन बीमा कोष दुवै बृद्धि गर्न सफल भएको छ ।

चालु आवको चैत्र मसान्तसम्मको वित्तीय विवरण अनुसार प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा कोषमा ९ अर्ब २३ करोड ७७ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ ।

गत आवमा कम्पनीको  जीवन  बीमा कोषमा  जम्मा ७ अर्ब ३२ करोड १९ लाख रुपैयाँ संचिती रहेको थियो । कम्पनीले समीक्षा अवधीमा जीवन बीमा कोषको आकार उल्लेख्य रुपमा बृद्धि गर्न सफल भएको छ ।

त्यस्तै, कम्पनीको रिटर्न अर्निङमा ७५ करोड ५५ लाख रुपैयाँ महाविपत्ति कोषमा ८ करोड ७६ लाख रुपैयाँ संचिती रहेको छ । समग्रमा कम्पनीको कोषको आकार उल्लेख्य रुपले वृद्धि भएको छ ।

कूल चार अर्ब २९ करोड चुक्ता पुँजि भएको कम्पनीले चालु आवको नौ महिनाको अवधीमा २६ करोड ८९ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ ।

गत आवको सोही अवधिको तुलनामा कम्पनीको मुनाफा १९३ प्रतिशतले वृद्धि भएको छ । यद्यपि बीमाङ्कीय मूल्याङ्कनको क्रममा कम्पनीको मुनाफा हेरफेर हुनसक्नेछ ।

कम्पनीले समीक्षा अवधीमा कूल बीमा शुल्क आम्दानी तीन अर्ब ६ करोड रुपैयाँ आम्दानी गरेको । जुन गत आर्थिक वर्षको तुलनामा ९९ प्रतिशतले बढी हो ।

गत आवको सोही अवधिमा कम्पनीले एक अर्ब ५३ करोड रुपैयाँ बराबरको कुल बीमा शुल्क आम्दानी गरेको थियो ।

त्यस्तै, कम्पनीले खुद बीमा शुल्क आम्दानी दुई अर्ब ९४ करोड रुपैयाँ रहेको छ । कम्पनीले गत आवमा एक अर्ब ४६ करोड रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेकोमा चालु आवमा उल्लेख्य रुपले वृद्धि भएको छ । समीक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ८ रुपैयाँ ३५ रुपैयाँ रहेको छ ।

prabhu mahalaxmi
kumari bank
kumari