स्टार माइक्रो इन्स्योरेन्सको वित्तीय विवरण सार्वजनिक

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले सार्वजनिक गरेको छ । सो विवरण अनुसार कम्पनीले यस अवधिसम्म ९३ लाख २२ हजार रुपैयाँ नाफा कमाएको छ ।
चालु आ.व.को तेस्रो त्रैमाससम्म कम्पनीले एक करोड २३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीले चार करोड १८ लाख रुपैयाँ कुल आम्दानी गरेको छ ।
समीक्षा अवधिसम्म ४० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको यस कम्पनीको कमिशन आम्दानी ४५ लाख ७५ हजार रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १.७८ रुपैयाँ रहेको छ ।
५२ करोड ५० लाख चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङमा ६० लाख रुपैयाँ र महाविपत्ति कोषमा ६ लाख ८२ हजार रुपैयाँ संचिति रहेको छ ।