नेपाल इन्स्योरेन्सको विशेष साधारण सभा बस्ने स्थान परिवर्तन
अब कहाँ हुँदैछ ?
काठमाडौं । नेपाल इन्स्योरेन्सले विशेष साधारण सभा बस्ने स्थान परिवर्तन गरेको छ । यसअघि जेठ ४ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बस्ने भनिएकोमा कम्पनीले विशेष कारणवश उक्त स्थानको सट्टा नेपाल पर्यटन बोर्ड, प्रदर्शनीमार्ग भृकुटीमण्डप काठमाडौंमा बस्ने जनाएको छ । साधारण सभा बिहान ११ बजे सुरु हुनेछ ।
साधारण सभामा कम्पनीले हाल कायम चुक्ता पुँजीबाट ४०% हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ । विशेष सभाबाट प्रस्ताव पारित भएपछि निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिनुपर्छ । बोर्डले अनुमति दिएपछि मात्र हकप्रद निष्कासन प्रकृया अघि बढ्नेछ ।
सभा प्रयोजनका लागि वैशाख २७ गते बुक क्लोज हुने भएकाले वैशाख २६ गतेसम्म कायम सेयरधनीले मात्र भाग लिन पाउनेछन् ।
नेपाल इन्स्योरेन्सको हाल चुक्ता पुँजी १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार ९४० रुपैयाँ रहेको छ । यस पुँजीमा ४०५ हकप्रद सेयर भएपछि चुक्ता पुँजी २ अर्ब ३० करोड १९ लाख ३८ हजार ७१६ रुपैयाँ पुग्नेछ ।