stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको १६औँ वार्षिक साधारण सभा आज

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले १६औँ वार्षिक साधारण सभा आज वैशाख २१ गते बस्दैछ । कम्पनीको चैत २९ गते बसेको बैठकले वार्षिक साधारणसभाको मिति तय गरेको हो ।

सभाले आर्थिक वर्ष २०७९/८०का लागि प्रस्तावित बम्पर लाभांश अनुमोदन गर्नेछ। जसमा कम्पनीको हाल कायम चुक्तापुँजी ४ अर्ब ५४ करोड ५५ लाख ७२ हजार १०० रुपैयाँको १०.२६ प्रतिशतले हुन आउने ४६ करोड ६३ लाख ७५ हजार ६९७.४६ रुपैयाँ बराबरको बोनस शेयर र २४.७४ प्रतिशतले हुन आउने १ अर्ब १२ करोड ४५ लाख ७४ हजार ५३७.५४ रुपैयाँबराबरको नगद लाभांश (करसहित) रहेका छन्।

साधारण सभाले बोनस शेयर वितरणपछि हुने शेयर संरचना बमोजिम जारी पुँजी तथा चुक्तापुँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार ७९७.४६ रुपैयाँ पुर्याउने विशेष प्रस्ताव अनुमोदन गर्नेछ।

कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा प्रस्ताव भएबमोजिम आवश्यक संशोधन गर्ने र कम्पनी ऐनको दफा १०५ (१) (ग) बमोजिम आर्थिक वर्ष २०७९/८० मा सूर्यज्योति लाइफ इन्स्योरेन्स तथा साविक ज्योति लाइफ इन्स्योरेन्सबाट संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भएका खर्च अनुमोदन गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनका साथै लेखापरीक्षक आर्थिक प्रतिवेदनसहित २०७९ पुस ६ गतेको वासलात, सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७९/८० को २०७९ पुस गतेको नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण एवं तत्सम्बन्धी अनुसूचीहरुमाथि छलफल गरी पारित गर्नेछ। सभाले चालु आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि स्वीकृत गर्नेछ।

वार्षिक साधारणसभा र लाभांश प्रयोजनार्थ कम्पनीले वैशाख ७ गते बुक क्लोज गरेको थियो। यसको मतलब वैशाख ७ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन्। साधारणसभा विराटनगरको होटल हैरिसन प्यालेसमा बिहान १० बजेबाट सुरु हुनेछ।

prabhu mahalaxmi
kumari