stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

प्रभु इन्स्योरेन्सको २८औं वार्षिक साधारण सभा सम्पन्न

लाभांश प्रस्ताव पारित

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । प्रभु इन्स्योरेन्स कम्पनीको २८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा काठमाडौंको तिनकुनेस्थित कम्पनीको केन्द्रीय कार्यालय, प्रभु कम्प्लेक्समा सम्पन्न भएको हो ।

सभामा चुक्ता पूँजी एक अर्ब ३७ करोड ६१ लाख २२ हजार २६० रुपैयाँको ४।७५ प्रतिशत बोनस शेयर र ०।२५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।

सभाले गत आवको वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै, चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेण्डा समेत पारित भएको हो ।

चुक्ता पूँजी दुई अर्ब ५० करोड पुर्याउन आवश्यक प्रक्रिया अघि बढाउने प्रस्ताव समेत पारित भएको हो ।

त्यस्तै, २०७५ जेठ १० गतेको विशेष साधारण सभाबाट निर्वाचित संंचालकहरुको आगामी वार्षिक साधारण सभा सम्मका लागि पदावधि थप गर्ने, मिसाज भट्टचनलाई संचालक नियुक्ती गर्ने, पत्ररपत्रिका तथा संचार खर्च बृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत पारित भएको हो ।

सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले वैशाख ७ गते बुक क्लोज गरेको गरेको थियो । सभामा अधिकांश शेयरधानीहरुले नियमनकारी निकायको निर्देशन अनुसार पुँजी वृद्धिको योजनाको लागि हकप्रदक शेयर निष्कासन गर्नु पर्ने बताएका थिए ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long