सिटिजन लाइफको ‘मिसन एक्टिभ क्याम्पियन’ सफलतापूर्वक सम्पन्न, ५६ शाखाले पूरा गरे लक्ष्य
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको ‘मिसन एक्टिभ क्याम्पियन’ सफलतापूर्वक सम्पन्न भएको छ । यो अभियान चैत महिनाभरि सञ्चालन गरिएको थियो ।
यस अभियान अन्तर्गत हरेक शाखाबाट तोकिएको मितिमा तोकिएकै संख्यामा पोलिसी बिक्रीको लक्ष्य राखिएको थियो । जसअन्तर्गत कुल ५६ ब्रान्चले आफ्नो तोकिएको लक्ष्य पुरा गरेका छन् ।
यस अभियान अन्तर्गत १५ वटा ब्रान्चले एकैदिन १०० बढी पोलिसी विक्री गरेका छन् । त्यस्तै, ७ वटा ब्रान्चले एकैदिन ५० वटाभन्दा बढी पोलिसी विक्री गरेका छन् भने बाँकी ३४ वटा ब्रान्चले न्यूनतम टार्गेट पुरा गरेका हुन् ।
पछिल्लो समय देशैभरका हरेक व्यापार–व्यवसायमा मन्दीको प्रभाव देखिएको छ । हरेक क्षेत्र सुस्त बनेका छन् । यो आर्थिक परिदृश्यको चपेटमा बीमा क्षेत्र पनि अछुतो रहन सकेको छैन। यस्तो जटिल परिवेशमा पनि सिटिजन लाइफ इन्स्योरेन्सले उल्लेखनीय व्यापार गर्न सफल भइरहेको छ ।
यो अभियानअन्तर्गत सिटिजन लाइफका १५ वटा शाखाले १०० बढी पोलिसी विक्री गरी लक्ष्य भेट्याएका छन् ।
लक्ष्य भेट्याउने शाखाहरुमा गाइघाट शाखा, जमल शाखा, बाग्लुङ, पोखरा, स्वयम्भु, बानेश्वर, जितपुर, बालाजू, बुटवल, त्रिपुरेश्वर, नारायणगढ, बिर्तामोड, म्याग्दी, कुश्मा, जनकपुर शाखा कार्यालय हुन् । यी हरेक शाखाले एकैदिन १०० भन्दा बढी बीमा पोलिसी बिक्री गरेका हुन् । आर्थिक मन्दीको अवस्थामा पनि कम्पनीका शाखा कार्यालयहरुले राम्रो व्यापार गरिरहेका छन्।