stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आइएमई लाइफ इन्स्योरेन्सको चिफ मार्केटिङ अफिसरमा चौलागाई

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले प्रमुख व्यापार अधिकृत पदमा गणेश चौलगाईलाई भित्र्याएको छ। सञ्चालक समितिको १८८ औं बैठकले उनलाई चिफ मार्केटिङ अफिसर पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

चौलागाईलाई प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले कार्यालयमा स्वागत गर्दै आइतबार पदभार ग्रहण गराएका छन् ।

जीवन बीमा पेशामा १८ वर्षदेखि सकृय चौलागाई यसअघि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा चिफ बिजनेश अफिसरको रुपमा कार्यरत थिए ।

चौलागाईले आइएमई लाईफको व्यवसायीक सदस्य टोलीमा सहभागि हुन पाएको खुशी व्यक्त गर्दै आगामी दिनमा परम्परागत वितरण माध्यम साथै आधुनिक वितरण च्यानल मार्फत् समेत बीमा सेवामा सहज पहुँचका लागि योजना सहित अघि बढ्ने प्रतिकृया दिए । उनले कम्पनीको सेवालाई अझै बीमित केन्द्रित भएर नौलो बीमा उत्पादन ल्याउने जानकारी समेत दिए ।

उनीसँग पुनर्बीमा विभाग, अनुसन्धान तथा विकास विभाग, बजार व्यवस्थापन विभागको जिम्मेवारीमा कार्य गरेको अनुभव रहेको छ।

उनले प्राइम लाइफ इन्स्योरेन्समा शाखा प्रबन्धकको जिम्मेवारीबाट बीमा क्षेत्रमा जागिरे जीवन शुरु गरेका हुन् । प्राइम लाइफमा उनले क्षेत्रिय प्रबन्धक पदको जिम्मेवारी सम्म सम्हालेपछि सानिमा लाइफ इन्स्योरेन्समा आबद्ध भएका थिए ।

चौलागाईले भारतको सिक्किम मनिपाल विश्वविद्यालयबाट एमबिए र नेपाल कमर्श क्याम्पसबाट एमबिएस तहको शैक्षिक उपाधि हासिल गरेका छन् ।

 

prabhu mahalaxmi
kumari