stcnepal long ad
global ime bank long

पाँचजना पूर्वसीईओहरु जीवन बीमक संघद्वारा सम्मानित

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । जीवन बीमक संघले जीवन बीमा कम्पनीका पाँचजना पूर्वसीईओहरुलाई सम्मान गरेको छ। बीमक संघले बिहीबार एक कार्यक्रमबीच विभिन्न जीवन बीमा कम्पनीहरुमा जिम्मेवारी पूरा गरेर अहिले बाहिरिएका पाँचजना पूर्वसीईओहरुलाई सम्मान गरेको हो।

सम्मानित हुनेहरुमा पूर्वसीईओ रमेशकुमार भट्टराई, मनोजकुमार भट्टराई, कवि पाठक, निर्मल ढकाल र एलपी दासलाई सम्मान गरेको हो। सम्मान कार्यक्रममा ढकाल र दास भने उपस्थित थिएन।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले पूर्वसीईओहरुलाई सम्मानपत्र प्रदान गरेका थिए। अधयक्ष सिलवालले पूर्वसीईओहरुको योगदानको करद गर्दै उनीहरुको अनुभवबाट नेपालको बीमा क्षेत्रले धेरै सिक्ने बताए।

बीमक संघका अध्यक्ष पोषकराज पौडेलले अग्रजहरुको सम्मान आवश्यक रहेको बताए। पूर्वसीईओहरुको अनुभव र ज्ञानबाट नेपालको बीमा क्षेत्रले अझै धेरै सिक्ने अवसर पाउने पनि उनको भनाइ थियो।

IME Lifesidebar
kumari