citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश शेयरधनीको बैंक खातामा

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ११ प्रतिशत नगद लाभांश शेयरधनीहरुको खातामा जम्मा गरिएको छ।

कम्पनीले आज एक सूचना प्रकाशित गर्दै आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट चुक्तापुँजीको ११ प्रतिशत नगद लाभांश चैत ७ गतेबाट नै शेयरधनीहरुको बैंक खातामा जम्मा गर्न थालिएको जानकारी गराएको हो।

गत फागुन ३० गते सम्पन्न कम्पनीको ३० औँ वार्षिक साधारण सभाले प्रस्तावित नगद लाभांश अनुमोदन गरेको थियो।

त्यसपछि स्वीकृत लाभांश बुक क्लोज हुनुभन्दा अघिसम्म कायम शेयरधनीहरुको बैंक खातामा पठाइएको कम्पनीले जनाएको छ।

हालसम्म शेयर डिम्याट नगराएका वा हितग्राही खाता खोलेर पनि कम्पनीको शेयर डिम्याट नगरेका शेयरधनीहरुले तत्काल पायक पर्ने निक्षेप सदस्यकोमा गई हितग्राही खोली शेयर डिम्याट गरी बैंक खाता अद्यावधिक गर्न पनि कम्पनीले आग्रह गरेको छ।

त्यसपश्चात मात्रै त्यस्ता शेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गरिने कम्पनीले स्पष्ट पारेको छ।

gold
himalayan life insurance long ad