प्रभु इन्स्योरेन्सले आफ्ना शेयरधनीलाई लाभांश प्रस्ताव गरे
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको फागुन २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।
इन्स्योरेन्स कम्पनीले हाल कायम चुक्ता पूँजीको ४ दशलमव ७५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशलमव २५ नगद लाभांश गरि कुल ७ दशमलव ०५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।
इन्स्योरेन्स कम्पनीको उक्त प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।