stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

शिखर इन्स्योरेन्स कम्पनीको ३०५ हकप्रद असार १४ गतेदेखि विक्री खुला,साउन ४ गतेसम्म दरखास्त दिन सकिने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले असार १४ गतेबाट ३० प्रतिशत हकप्रद शेयरको बिक्री खुला गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा चुक्ता पूँजीको ३० प्रतिशतले हुने ३१ करोड ७१ लाख ९३ हजार २०० रुपैयाँ बराबरको ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो ।

यसअघि कम्पनीले चैत १३ गतेदेखि शेयर बिक्री गर्ने निर्णय भएकोमा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि शेयर निष्कासन स्थगित भएको थियो। कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल रहेको छ।

यस हकप्रदमा असार १४ गतेदेखि साउन ४ गतेसम्म दरखास्त दिन सकिने जनाइएको छ । उक्त हकप्रदमा एनआईबिएल एस क्यापिटलको शाखा कार्यालय तथा शिखर इन्स्योरेन्स कम्पनी तथा शाखा कार्यालयबाट कार्यालय समयभित्र दरखास्त दिन सकिनेछ । त्यस्तै, सि आस्वाबाट पनि दिन सकिन्छ ।

कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनका लागि फागुन १३ गते एक दिन शेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो । त्यसकारण फागुन १२ गतेसम्म कायम शेयरधनीले यक्त हकप्रदमा आवेदन दिन सक्नेछन् ।

हाल १ अर्ब ५ करोड ७३ लाख १० हजार ६०० रुपैयाँ रहेको इन्स्योरेन्सको चुक्ता पूँजी हकप्रद निष्काशनपछि १ अर्ब ३७ करोड ४५ लाख ३ हजार ८०० रुपैयाँ पुग्नेछ।

prabhu mahalaxmi
kumari