stcnepal long ad
Himalayan bank

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको फागुन २० गते वार्षिक साधारण सभा

यस इन्स्योरेन्सले लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन ।

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले फागुन २० गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभामा कम्पनीको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ ।

आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।यस इन्स्योरेन्सले लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन ।

साधारणसभाले संस्थापक समूहबाट ४ जना (१ जना महिला सहित) र सर्वसाधारण समूहबाट २ जना प्रतिनिधित्व हुने गरी सञ्चालकको निर्वाचन गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १० गते बुक क्लोज गर्ने भएको छ । सभामा भाग लिन फागुन ९ गतेसम्म सेयरधनी कायम हुनु पर्नेछ ।साधारणसभा, लैनचौर ब्यांकेट, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।

himalayan life insurance
igi long