stcnepal long ad
ime life insurance
national life
global ime bank long

हिमालयन एभरेष्ट इन्स्योरेन्सको आज माघ २५ गते ३०औं वार्षिक साधारण सभा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले आज माघ २५ गते, बिहीबार ३०औं वार्षिक साधारण सभा गर्ने भएको छ ।

कम्पनीको साधारण सभाले हाल कायम चुक्ता पूँजीको ८ दशमलव ६३ प्रतिशतका दरले बोनश शेयर र सो को कर प्रयोजनार्थ सहित ६ दशमलव ३७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

साधारण सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, विज्ञ स्वतन्त्र सञ्चालकको पदमा भएको नियुक्ति चार वर्षको लागि र रिक्त संस्थापक सञ्चालकको पदमा भएको नियुक्ति बाँकी अवधिको लागि अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभाले लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ। साधारण सभाले संचालकको भत्ता तथा सुविधा बृद्धि गर्ने, सोही अनुसार नियमावली संशोधन गर्ने लगायतका विशेष प्रस्ताव पारित गर्ने जनाएको छ ।

साधारण सभा बानेश्वर ब्याङ्कवेट, थापागाउँ, काठमाडौंमा सभा बिहान ११ बजे शुरु हुनेछ।

IME Lifesidebar
kumari