citizens life insurance long ad
stcnepal long ad

नेपाल राष्ट्र बैंकले लगातार तेस्रो दिन बजारबाट पैसा तान्दै

आज बिहीबार माघ १८ गते २० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ ।

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलता भएसँगै धमाधम निक्षेप तानेको छ । माघ १६ गते २० अर्ब र १७ गते ३० अर्ब गरि २ दिनमा बजारबाट ५० अर्ब तानेको केन्द्रीय बैंकले आज फेरी २० अर्ब रुपैयाँ तान्न लागेको हो ।

आज बिहीबार माघ १८ गते २० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न निक्षेप संकलन मार्फत् २० अर्ब रुपैयाँ तान्ने लागेको हो ।

इच्छुक बैंक तथा  वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म  बोलकबोल मार्फत आवेदन दिन सक्नेछन् । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।

केन्द्रिय बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । साँवा र ब्याज भुक्तानी मिति फागुन ३ गते निर्धारण भएको छ ।

यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र  अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।

 

IME Life
kumari