sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

नेपाल इन्स्योरेन्सको साधारणसभा सम्पन्न, ७ दशमलव ८९ प्रतिशत लाभांश पारित

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको ७१ औ बार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ। कम्पनीको पुरानो भवन ,कमलादी काठमाडौंमा सम्पन्न बार्षिक साधारणसभाले गत आर्थिक बर्षको मुनाफाबाट ७ दशमलव ८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साधारण सभामा आर्थिक बर्ष २०७५/७६को नाफा नोक्सान हिसाबबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनश शेयर अर्थात् ५ करोड ४७ लाख रुपैयाँ र बोनश शेयरमा लाग्ने कर सहित २ दशमलव ८९ प्रतिशतले हुने ३ करोड १७ लाख नगद लाभांश पारित भएको छ।

कम्पनीका संचालक समिति अध्यक्ष अर्जुन पौडल शर्माको अध्यक्षतामा बसेको साधारणसभाले आर्थिक बर्ष २०७५/७६को वार्षिक प्रतिबेदन , वासलात , नाफा नोक्सान हिसाब तथा अन्य अनुसूचीहरु सर्बसम्मतिले पारित गरेको छ ।

gold
nawakantipur long