क्रेस्ट माइक्रो लाइफद्वारा सि.एम.एल. लघु सावधिक जीवन बीमा (रेगुलर र सिंगल बीमालेख) योजना सार्वजनिक
काठमाडौं । क्रेस्ट माइक्रो लाइफइन्स्योरेन्स लिमिटेडले सि.एम.एल. लघु सावधिकजीवनबीमा (रेगुलर र सिंगल) योजना ल्याएको छ ।
बीमित वर्गको आयश्रोत, बचत र सुरक्षालाई सर्वोपरी ध्यानमा राख्दै कम्पनीले सि.एम.एल. लघु सावधिकजीवनबीमा (रेगुलर र सिंगल) नामक नयाँ सावधिक बीमा योजना ल्याएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यो योजनाले न्यून बीमाशूल्कमा बचत तथा सुरक्षा एकै साथ प्रदान गर्दछ । यो योजना अन्तर्गत जोखिम बहनको अतिरिक्त बीमितलाई बीमालेख अवधि भर बचत गर्न प्रोत्साहन समेत गर्दछ ।
यसको प्रमुख बिशेषता भनेको रेगुलर बीमाशूल्क भुक्तानी गर्ने बीमा लेखमा रु ४५ प्रतिवर्ष प्रतिहजार र सिंगल बीमाशूल्क भुक्तानी गर्ने बीमालेखमा रु ५० प्रतिवर्ष प्रतिहजार ग्यारेन्टि रिर्टन हो ।
कम्पनीका अनुसार यो बीमालेख १८ वर्ष देखि ६० वर्ष उमेर सम्मको ग्राहकले खरिद गर्न सक्नेछन् । कम्तीमा ५ वर्ष र अधिकतम २५ वर्ष अवधि रहेको यो बीमालेखमा न्यूनतम बीमांक रकम रु. दश हजार रहेको छ ।
बीमितले आफ्नो सुविधा अनुसार एकल, वार्षिक, अर्धवार्षिक वा त्रैमासिक रुपमा बीमा शूल्क भुक्तानीको विकल्प रोज्न सक्नेछन् ।
कम्पनीका अनुसार बीमा अवधि पुरा नहुँदै वा ७० वर्ष नपुग्दै बीमितको निधन भएमा बीमांक रकम तथा ग्यारेन्टी गरिएको रकम एकमुष्ठ भुक्तानी पाउने छन् ।
























